काठमाडौं ।


राजनितिक प्रतिशोधका कारण सहकारी ठगी तथा संगठित अपराको मुद्धामा कारागार रहेका रास्वपा सभापति रवि लामिछानेप्रति पछिल्लो समय व्यापक सहानूभति प्रकट भइहरको छन् । रविप्रति सहानभूति प्रकट गर्दै विभिन्न दलका नेता तथा अभियन्ताहरु नै नख्खु कारागार पुग्ने गरेका छन् । जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक परिवेशमा रविप्रतिको क्रेज बढेको देखिन्छ, भने अघिल्लो सरकारको भेट्न क्रियाकलापहरुप्रति आक्रोश झल्किरहेको देखिन्छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले रवि लामछिानेप्रति प्रतिशोधको भाव नै राखेर मुद्धा चलाएको विभिन्न नेताहरुले दावी गरिरहेका छन् ।
रविलाई भेट्न नख्खु कारागार पुगेका काँग्रेसकै नेता तथा निवर्तमान सांसद सुनिल शर्माले रविमाथि प्रतिशोध साँधिएको टिप्पणी गरेका छन् । उनी दलिय आधारमा नियुक्त भएका न्यायाधीशहरुकै कारण रविले न्याय नपाएको जिकिर गर्दै आएका छन् । शर्मा वर्तमान सरकारले सहकारी पीडितहरुले बचत रकम फिर्ताको ग्यारेन्टी गराएर रविको मुद्धा फिर्ता लिनुपर्ने बताउँछन्। रविले विगो बराबरको रकम दाखिला गरेर कारागारमुक्त हुन पाउनुपर्ने भनिरहँदा पनि छुटकारा नपाउनु दुखद भएको उनको भनाइ छ । नेता शर्मा मात्रै होइन, काँग्रेस विपीका नेता कर्ण मल्लले पनि रवि लामिछानेलाई भेट गरेर उनीमाथि प्रतिशोध साँधिएको भनेका छन् । उनले पनि रविलाई न्यायलयले असमान व्यवहार गरेको दावी गरे । रविलाई जेनजी अगुवा सुदन गुरुङले पनि भेट गरेर सहानूभूति प्रकट गरेका छन् । गुरुङले बिहीबार नख्खु पुगेर रविसँग भेट गरेका थिए । भेटमा रविले आफूमाथि अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भएपनि मुद्दाको छिटो किनारा लगाउनुपर्र्ने विषय राखेको गुरुङको भनाइ छ ।
मुख्यतः जेनजी आन्दोलनपछि परिवर्तित राजनीति र आम निर्वाचन नजिकिँदै गर्दा दलका नेता तथा अभियन्ताहरुको रविप्रति सहानूभूति बढ्दो छ । उनलाई राजनीति दलका नेता मात्रै होइन, कलाकार पत्रकार तथा अन्य अगुवाहरुले समेत चासोसहित भेटवार्ता गरिरहका छन् । पछिल्लो राजनीतिमा रविको ‘हाई डिमाण्ड’ भएपनि उनी कहिले कारागारमुक्त हुन्छन् भन्ने कुनै निधो छैन ।
Share



