टोकियो/जापान


जापानमा राष्ट्रीय स्वतन्त्र पार्टीको भातृ संगठनका रुपमा क्रियाशिल प्रवास नेपाली सम्पर्क विभाग जापानले आफ्नो दोश्रो अधिवेशन सम्पन्न गरेको छ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालमा संगठनलाई प्रवासी नेपालीहरूको हितमा अझ प्रभावकारी रूपले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नव–निर्वाचित कार्यसमितिको नेतृत्व प्रमुख दीपक कार्कीले गरेका छन्।। उप–प्रमुखकारूपमा भोजेन्द्र सुवेदी तथा सुरेश केसी चयन भएका छन्। सचिवमा कविकिरण न्यौपाने, सह–सचिवमा फणिन्द्र सुवेदी, कोषाध्यक्षमा कृष्ण गौतम, सह–कोषाध्यक्षमा चतुर्भुज सापकोटा चयन भएको बताईएको छ।

त्यस्तै, सदस्यका रूपमा भेषराज गौतम, यम प्रसाद भुषाल, रुपेन्द्र वली, श्रीकान्त घिमिरे र सरोज पौडेल रहेका छन्। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं विदेश विभाग उप- प्रमुख अर्जुन अधिकारीको उपस्थिति रहेको थियो।


Share




