नांग्लो भरि छरिएका सब्जिहरु
कसैले उठाइदिने प्रतिक्षामा छन
त्यहि सब्जि नांग्लो बाट पोलिथिनमा परेपछि
चमेली र उस्का लालाबालाको
मुखमा माँड़ लाग्छ
ओइलाउन लागिसकेका सब्जि
भर्खरै को बर्षात ले रुझेर
कलिला र ताजा देखिएका छन
जसरि निथुर्क्क भिजेकि चमेलिलाइ
बटुवाहरु कामुक देखिरहेका छन ।
गज्जव, उराठ र बैराग लाग्छ
सुपरमार्केटमा सब्जि किनेर
नांग्लो वालिको बैँश ताक्नेहरु
किन्चित शर्मिन्दा छैनन आँखाहरु
असहज मुस्कान छर्छन फर्कि फर्कि
सब्जि उस्को व्यापार होइन
त्यो त दैनिक गुजाराको माध्यम हो
जीविका हो, धर्म हो, दायित्व हो
परिवार धान्ने एउटा साहारा हो ॥

ठुला ठुला घरानाहरुमा
सभ्रान्त संस्थाहरुमा
अफिश, कलेज र पार्टी पौवाहरुमा
देखिने, सोचिने र लाग्ने कानुनहरु
सडक, पेटि र निर्धाहरु सम्म आइपुग्दा
गलिसकेको हुन्छ, मरिसकेको हुन्छ
कास: ति मर्म र कानुनहरु
जिवित हुँदा हुन त
चमेलीलाइ कामुक देख्ने
आँखाहरु गुच्चा बन्दा हुन ॥
विष्णु प्रसाद घिमिरे
उपसभापति
अनेसास बोर्ड अफ ट्रस्टी (२०२२-२६)




