अमेरिकामा फुट्यो एनआरएनए , सबै भन्दा धेरै सदस्यता भएको जापानमा भने एकजुट

Share
4Shares

टोकियो / जापान

अमेरिका एनसीसी अध्यक्षमा जुलाई २८ मा निर्वाचित उप्रेती डा. बद्री केसी र अगस्त १८ मा अध्यक्ष निर्वाचित साह महेश श्रेष्ठ पक्षका हुन् । २८ जुलाइमा टेक्सस राज्यको डालासमा उप्रेती नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका औपचारिक रुपमै विभाजित भएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)मा देखिएको विवाद र फुटको असरका कारण एनसीसी अमेरिका औपचारिक रुपमै फुटेको हो ।दुई फरक निर्वाचन र भिन्न कार्यसमिति निर्माणसँगै अमेरिकामा अगस्त १८ (सोमबार)बाट एनआरएनए दुई भागमा फुटेको हो । २८ जुलाईमा विकास उप्रेतीको अध्यक्षतामा २०२५–२०२७ का लागि नयाँ कार्यसमिति चयन भएको एनआरएनए अमेरिकामा सोमबार अगस्त १८ मा सतेन्द्र साहको अध्यक्षमा अर्को कार्यसमिति चयन गरिएको छ ।

सन् २०२२ मा सम्पन्न १०औं महाधिवेशनपछि एनआरएनए आईसीसीमा विवाद सुरु भएको थियो । १०औं महाधिवेशनमा आईसीसीमा अध्यक्षका उम्मेदवारहरु डा. बद्री केसी, महेश कुमार श्रेष्ठ र आरके शर्माबीचको प्रतिस्पर्धाले एनआरएनएलाई दुई पक्षमा विभाजिततर्फ अग्रसर गराएको थियो ।केसी पक्ष निर्वाचित भए पनि श्रेष्ठ र शर्मा पक्षले निर्वाचन निष्पक्ष नभएको र केसीको नेतृत्व नस्वीकार्ने अडान कायम राख्दै आएपछि एनआरएनएमा आन्तरिक विवाद उत्कर्षमा पुगेको हो । तीन वर्ष अघिको आन्तरिक विवाद कायमै रहँदा अन्ततः अमेरिकामा पनि एनआरएनए दुई फरक समूहमा विभाजित भएको हो ।

               जापानमा भने एनआरएनए एकजुट

एनआरएनए आईसिसि बिवाद भएपनि जापानमा भने एनआरएनए एकजुट देखिएको छ। हालै सम्पन्न एनआरएनए जापानको अधिवेशनमा आईसिसि विवादको खासै असर देखिएन। यतिवेला एनआरएनए जापानमा १८,३१४ जना सदस्यता प्राप्त व्यक्तिहरु छन्। जापानमा क्षेत्र अनि केन्द्रको सानदार पूर्वक अधिवेशन सम्पन्न भएको छ। हालै मात्र केन्द्रमा सुवाश लामिछानेको नेत्तृत्वमा नयाँ समितिले सपथ पछि आफ्नो कार्यभार समाली सकेको छ।

जापाननै कार्य क्षेत्र भएका आईसिसि अध्यक्ष श्रेष्ठ जापानमा नै नृर्य

अध्यक्षमा विजयी भएको तीन महिनाभित्र महेश श्रेष्ठले एक्सन प्लान र रणनीति बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाएका थिए।उनका अनुसार प्रवासी नेपाली र नेपाल सरकारले एनआरएनएसँग ठूलो आशा अपेक्षा राखेको छ । त्यसैले हामीले दुई बर्ष भित्र अथाह काम गर्नुपर्ने बाध्यता छ । म काम गर्नका लागि नै एनआरएनएको नेतृत्व गर्न चाहेको हुँ,’ उनले भनेका थिए। तर श्रेष्ठले सम्झन लायक कुनै कामको थालनी समेत गर्न सकेका छैनन। कांग्रेस पृष्ठभुमि भएका उनकै कारण एनआरएनए विभाजित भएको भन्दै जापानमा धेरै कांग्रेसीहरू नै श्रेष्ठको विपक्षमा छन्। श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्र मन्त्री रहेकी आरजु देउवा संगै जापान आएका श्रेष्ठ र उनका गुठका अन्य सदस्यहरु लाई जापानमा एनआरएनएको गतिविधी एवं अन्य कार्यक्रमहरूमा खासै महत्व दिएको पाईदैन।

Share
4Shares
Advertisment