माओवादी र एकीकृत समाजवादीलाई आगामी निर्वाचनमा साख जोगाउन मुस्किल, दुई दल बीच एकता अन्तिम चरणमा

Share
1Shares

काठमाडौं ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच केही दिनभित्रै पार्टी एकता गर्न छलफल चलिरहेको बताईएको छ। पार्टी एकताकै लागि यसअघि साउन र भदौमा गरी ६ पटक छलफल   भैसकेको छ। शुसीला कार्कीको सरकारले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा यसअघि कांग्रेस संग चुनावी तालमेल गरेका दुबै दललाई अबको चुनावमा साख जोगाउन समेत गाह्रो छ।

दुवै अध्यक्षले पार्टी एकताको आधार खोज्न गत २७ साउनमा दुवै दलका सातै प्रदेश इन्चार्जसँग बैठक गरेका थिए । उनीहरूले राजनीतिक र वैचारिक मतभेद ठूलो नभएको उल्लेख गर्दै पार्टी एकता गर्न सुझाव दिएका थिए ।एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले माओवादीसँग राजनीतिक, सैद्धान्तिक र वैचारिक मतभेद नभएकाले एकताका लागि सहज हुने बताए ।

एकतापछि हुने सम्भावित पार्टीको नाम र चुनावचिह्नबारे आगामी बैठकमा छलफल हुने उनले जानकारी दिए । माओवादीले पहिलेदेखि नै नाम फेर्न चाहेको छ ।विघटित प्रतिनिधिसभामा माओवादीको ३२ सिट र एकीकृत समाजवादीको १० सिट थियो । निर्वाचनमा जानुअघि माओवादीसँग एकता गर्ने पक्षमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल छन् ।अध्यक्ष नेपाल पतञ्जलिको जग्गा हिनामिनामा मुद्दा दायर भएपछि अप्ठ्यारोमा परेका छन् । पार्टीभित्र अध्यक्ष पद छाड्नुपर्ने दबाब छ ।

Share
1Shares
Advertisment