नेपाल पत्रकार महासंघ ,जापान साखाको अधिवेशन नजिकिदैं जाँदा सहमतिमा नेतृत्व चयनको प्रयास, अध्यक्षमा न्यौपाने, श्रेष्ठ र गौतम उमेदवार

Share
31Shares

टोकियो / जापान

नेपाल पत्रकार महासंघ ,जापान साखाको अधिवेशन नजिकिदैं जाँदा नेतृत्वमा सहमतिको प्रयास लाई तिब्रता दिईने भएको छ। नेपाल पत्रकार महासंघ जापान साखाको आसन्न छैठौ अधिवेशन नोवेम्बर २३ तारिक आईतवार टोकियोमा हुने भएको हो।यसै बिच नेपाल पत्रकार महासंघ ,जापान साखाको सम्पन्न बैठकले अधिवेशन सञ्चालन, प्रमुख अतिथि, सहभागिता शुल्क तथा उमेदवारी शुल्क लगायतका विभिन्न निर्णय गरेको छ ।

नयाँ कार्यसमिति चयन गर्न जापानको टोकियोमा नोभेम्बर २३ तारिख आईतवार हुने अधिवेशनको तयारी तिव्र  पारिएको महासंघ जापान  साखाका अध्यक्ष शान्तकुमार पहारीले बताए ।  बैठकले अधिवेशनबाट सर्वसम्मत कार्य समिति चयन गर्नका लागि आवश्यक पहल गर्न नेपाल पत्रकार महासंघ ,जापान साखाका संस्थापक अध्यक्ष तिलक मल्ल संयोजक, निवर्तमान अध्यक्ष मोहन घले, अध्यक्ष शान्तकुमार पहारी र पत्रकार खगराज गौतमलाई जिम्मा दिने निर्णय गरेको छ । साथै बैठकले आवश्यक पर्दा निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि खगराज गौतम संयोजक तथा पूर्ण चलाउने र खड्क सिं गुरुङ सदस्य रहेको निर्वाचन समिति समेत गठन गरेको छ ।


नेपाल पत्रकार महासंघ, जापान साखाको भावी अध्यक्षमा अहिले सम्म पत्रकारहरु कविकिरण न्यौपाने, रबिन्द्र श्रेष्ठ (गोर्खाली) र राजन गौतमले उमेदवारी दिने भएका छन्। न्यौपाने नेपाल पत्रकार महासंघ, जापान साखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार हुन्। गोर्खाली वर्तमान नेपाल पत्रकार महासंघ, जापान साखाका उपाध्यक्ष र गौतम सचिव हुन्। नेपाली मिडिया सेन्टर जापानका संस्थापक अध्यक्ष समेत रहेका न्यौपाने लाई नेपाली मिडिया सेन्टर जापान जापानको आईतवार बसेको बैठकले नेपाल पत्रकार महासंघ, जापान साखाको अध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको हो।

नेपाल पत्रकार महासंघ ,जापान साखाको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रबिन्द्र श्रेष्ठ ( गोर्खाली ) र सचिव राजन गौतमको बिच सहमति जुटे आफु सहमतिको बाधक नहुने अर्का उमेदवार न्यौपानेले बताएको छन्। गोर्खाली र गौतमले भने आफुहरु साथीहरुको सर – सल्लाह अनुसार धेरै अगाडी बढिसकेको हुँदा अध्यक्षको उमेदवारीबाट पछाडी हट्न नसक्ने बताएका छन्।

Share
31Shares
Advertisment