यस्तो रह्यो जापानको सेन्दाईमा भएको एनआरएनए जापानको क्षेत्रीय भेला

Share
0Shares

सेन्दाई / जापान 

जापानको सेन्दाईमा एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न भएको छ। कार्यक्रममा जापानमा रहेका १२ वटा एनआरएनएका क्षेत्रीय समितिहरु वाट क्षेत्रका भएका गतिबिधीहरु प्रस्तुत गरिएको थियो।

कार्यक्रममा क्षेत्रहरुका संयोजकहरुले क्षेत्रमा बैक खाता खोल्ने लगाएतको समस्या प्रति केन्द्रले चासो नदिएको गुनासो राखेका थिए।

कार्यक्रमको सञ्चालन एनआरएनए जापानका महासचिव श्याम सितलले गरेका थिए भने अध्यक्षता एनआरएनए जापानका अध्यक्ष सुवाश लामिछानेले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आईसिसि अध्यक्ष महेश श्रेष्ठ रहेका थिए।

भेलामा चिवा क्षेत्रीय समिति लाई उत्कृष्ट समिति घोषणा गरिएको थियो।

Share
0Shares
Advertisment