खैरहनी । खैरहनी नगरपालिका–४ चैनपुरस्थित कंकाली सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा दुई दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपाको प्यानलै विजयी भएको छ ।

काँग्रेस, एमाले गठबन्धन हुँदा रास्वपा एक्लै चुलावमा होमिएको थियो ।रास्वापा निकट रविन्द्रनाथ अधिकारी नेतृत्वको प्यानलले क्लिन स्वीप गरेको हो। अध्यक्ष पदका उम्मेदवार रविन्द्रनाथ अधिकारी ९९ मतान्तरसहित विजयी भए ।अधिकारीले ६३६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तिलक न्यौपानेले ५३७ मत प्राप्त गरे। अध्यक्षसहित अधिकारी नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको निर्वाचन समितिले जनाएको छ।नवनिर्वाचित उपाध्यक्षमा कविचन्द्र रिमाल, सचिवमा सकुन्तला अधिकारी, कोषाध्यक्षमा पार्वती बस्नेत निर्वाचित भएका छन्। त्यसैगरी लेखा समिति संयोजकमा कृष्णप्रसाद अर्याल तथा सदस्यहरूमा राजेन्द्रप्रसाद ढकाल र सुदीप सोती निर्वाचित भएका छन्।
यस्तो छ मत परिणाम:-
१) अध्यक्ष :-रबिन्द्रनाथ अधिकारी ७३६( मतान्तर ९९)
:- तिलक न्यौपाने ६३७
२)उपाध्यक्ष :- कबिचन्द्र रिमाल ७०५ (मतान्तर ५३)
:- रामहरी अर्याल ६५२
३) सचिब :- सकुन्तला अधिकारी ७४६ (मतान्तर १५३)
:- भद्रीमाया भुर्तेल ५९३
४) कोषाध्यक्ष:-पार्बती बस्नेत ७०१ (मतान्तर ५७)
:-गोमा उप्रेती ६६४
५) लेखा संयोजक :- कृष्ण अर्याल ७०६ (मतान्तर ६१)
:- कृष्ण बस्नेत ६४५
६)लेखा सदस्य :-सुदिप सोति ६९८( मतान्तर ७३)
:-अरुण कुमार लम्साल ६२१
७) लेखा सदस्य :-राजेन्द्र प्र ढकाल ७०५ (मतान्तर ७७)
:-इन्द्र बहादुर अधिकारी ६३२
Share



