व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी : देउवा

Share
0Shares

काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंको शंकरदेव क्याम्पसमा आयोजना गरिएको ‘नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा नयाँ दृष्टि’ विषयक एक दिवसीय गोष्ठीको उदघाटनमा देउवाले विश्वविद्यालय वा क्याम्पस स्थापना गर्न पाउनुपर्ने माग गर्दैगर्दा गुणस्तरीय शिक्षाका बारेमा समेत बहस गर्नुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक दलदेखि घर र व्यवसाय चलाउन कुशल व्यवस्थापक चाहिने भन्दै नेपालमा धेरै त्यस्ता व्यवस्थापकहरु आवश्यक परेको धारणा पनि राख्नु भएको थियो । पछिल्लो समयमा नेपालको शैक्षिक प्रणाली खस्कँदै गएको भन्दै सभापति देउवाले गुणस्तरीय शिक्षा विना केही सम्भव नहुने पनि बताउनुभयो ।

कार्यक्रममा काग्रेस उपसभापति विमलेन्द्र निधिले शिक्षाको गुणस्तर वृद्धिसँगै धेरैभन्दा धेरै विश्वविद्यालय स्थापना गर्नका लागि सहज कानूनको निर्माण गनुपर्ने बताउनुभयो ।

Share
0Shares
Advertisment