चितवन । देशकै उत्कृष्ट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा डा विजयराज न्यौपाने नियुक्त भएका छन्। डाक्टरी पेशा सहित सामाजिक गतिविधीमा कृयाशिल सोही अस्पतालका पूर्व डेपुटी डाईरेक्टर न्यौपाने सोमबारको मन्त्रीपरिषद्को निर्णयले अध्यक्षमा नियुक्त भएका हुन्।
रत्ननगर नगरपालिका वडा नम्बर १२ जयमंगलामा वि सं २०१७ साल पुस २३ गते जन्म भएका न्यौपाने पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गरे र कक्षा ८ देखि एसएलसीसम्मको शिक्षा नेपाल माविबाट पूरा गरेका हुन् ।
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजञ्ज क्याम्पसबाट वि. सं. २०३७ सालमा हेल्थ असिष्टेन्ट उत्तीर्ण गरी ६ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थामा सेवा गर्दै डा न्यौपानेले वि. सं. २०४३ सालमा तत्कालिन सोभियत संघको युक्रेनमा त्यहाँको एमडी र नेपालको एमबिबिएस सरह) अध्ययनका लागि गएका थिए।वि सं २०५० सालमा एमडी (नेपालको एमबिबिएस सरह) को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो उनले बनाउँदै आएका थिए ।न्यौपानेले परिवार नियोजन संघ चितवनमा ६ वर्ष सेवा गरेका थिए।

न्यौपानेले वि सं २०५६ सालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरु हुन्।
लगतै वि.सं २०५७ सालमा बिपि कोईराला इन्चिच्यूट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष उनले अध्ययन गरेका थिए।
वि. सं. २०६० सालमा एमडी उत्तीर्ण गरी उनि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित थिए।
नेपाल चिकित्सक संघका पूर्व केन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एसोसिएसन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहेका न्यौपाने विभिन्न सामाजिक सेवामा पनि न्यौपाने उत्तिकै कृयाशिल थिए।
क्यान्सर अस्पतालमा बिभागीय प्रमुख देखि उप-निर्देशक सम्म रहेर लामो समयको अनुभव पछि अवकाश पाएका न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एण्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा समेत थिए l
नेपाल परिवार नियोजनका पूर्व अध्यक्ष एवं रत्ननगर नगर पालिकाका विज्ञ सल्लाहकार समेत रहेका डा बिजयराज न्यौपानेका भाई रामहरी न्यौपानेले दाईको आफ्नो कर्म सहित सामाजिक कृयाशिलताले आफु लगाएत धेरै प्रभावित हुँदै त्यसै क्षेत्रमा आफुहरु पनि रहदैं आएको सुनाए।
Share



