टोकियो / “राष्ट्रको लागि खेलकुद ,स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ नेपालको राष्ट्रीय खेल भलिबललाई बिदेशमा पनि प्रवर्द्धन गर्ने मुल उद्देश्य सहित “प्रथम एनआरएनए रनिंग कप भलिबल प्रतियोगिता २०२३” हुन लागेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिएका छन्।
पौडेलका अनुसार एनआरएनए जापानले बिदेशमा खेलकूदको माध्यमले एक आपसमा भाईचारा समेत बढाउने हुदाँ प्रतियोगिता आयोजना गर्न लागेको बताए।

प्रतियोगिता मे २२ तारिक सोमबार टोकियोको“Shinjuku Cosmic center” मा आयोजना गर्न लागेको एनआरएनए जापानका केन्द्रीय समिती सदस्य तथा प्रतियोगिताका कार्यक्रम संयोजक समेतको जिम्मा पाएका राम बहादुर थापा (काजी) ले जानकारी दिए ।
थापा (काजी) ले यस अघि पनि गल्कोट समाजमा रहदाँ बिभिन्न समयमा यस्ता प्रतियोगिताहरु आयोजना गरि सफलता पूर्वक सम्पन्न गरेको बताईन्छ। उनि भलिबल खेलका खेलाडी समेत हुन्।
एनआरएनए जापानद्वारा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिता सबैको सहयोगमा सफलता पूर्ण सम्पन्न गर्न आफु लागिपर्ने थापा (काजी) को भनाई छ।
नेपाल भलिबल संघ जापान शाखाका उपाध्यक्ष तथा यस प्रतियोगिताका खेल संयोजक समेत रहेका भलिबल खेलाडी बसन्त थापाका अनुसार प्रतियोगितामा बिजेता टिमले ३ लाख ३५ हजार ३३५ यन , मेडल ,प्रमाणपत्र र उप-बिजेता टिमले २ लाख २५ हजार ५२५ यन, मेडल , प्रमाणपत्र प्राप्त गर्नुका साथै खेलमा बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट क्युकर, बेस्ट डिफेन्डर र बेष्ट कोच गरि ६ वटा बिधामा उत्कृष्ट छनौट गरि पुरस्कार बितरण गरिने बताए।
प्रतियोगितामा समावेश हुनका लागि दर्ता शुल्क ४० हजार यन निर्धारण गरिएको र प्रतियोगिता बिहान ९ बजेबाट बेलुकी ६ बजे सम्म रहने जानकारी गराउदै सम्पुर्ण खेलप्रेमी दाजुभाईहरुलाई खेलमा समावेश हुन एनआरएनए जापानका प्रवक्ता सुबास लामिछानेले अनुरोध गरेका छन् ।
प्रतियोगिता नेपाल भलिबल संघ जापानको समन्वयमा हुने बताइएको छ।
Share



