जापानको नागोया शहरमा नेपाली विद्यार्थीको हृदयघातबाट निधन

शव नेपाल लैजाने तयारी

Share
0Shares

येवन देवान / नागोया , जापान

जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ ।ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्ड स्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको शुक्रवार बिहान हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी दिए ।

“४ महिना अघिमात्र जापान आएका लिम्बु शुक्रबार छात्रवास (होस्टेल)बाट विधालय जाने क्रममा ट्रेन स्टेशन नजिक एक्कासी ढलेका थिए” कार्कीका अनुसार तत्काल उनलाई उद्धार गरेर मिनातोकु स्थित चुवु रोसाई अस्पताल लगिएको थियो, अस्पतालका चिकित्सकले बिहान ८ः०८ बजे नै हृदयघातबाट निधन भएको पुष्टि गरेका छन ।

मृतक लिम्वूको शव नेपाली दूतावासबाट आवश्यक कागजी प्रक्रिया पुरा गरि जति सक्दो छिटो नेपाल पठाउन निजले अध्ययन गर्ने विधालय र एनआरएनए नागोयाको संयुक्त पहलमा कार्यहरू भईरहेको बताइएको छ । यस प्रकृयामा लाग्ने सम्पूर्ण खर्च मृतक लिम्वूले अध्ययन गर्ने विद्यालयले व्यहोर्ने बताइएको छ । नेपाल शव लैजान १४ लाख येनको हाराहारीमा खर्च लाग्ने बताइएको छ। त्यसको लागि आवश्यक प्रकृया पनि अघि बढेको एनआरएनए नागोयाका संयोजक मनोज बम मल्लले बताए।

Share
0Shares
Advertisment