म्याग्दी प्रवाशी नेपाली संघ (मोना)क्षेत्रीय समिति नागोयाको अधिवेशन अगष्ट ६ मा हुने

Share
34Shares

नागोया / जापान

म्याग्दी प्रवाशी नेपाली संघ (मोना)क्षेत्रीय समिति नागोयाको अधिवेशन अगष्ट ६ मा हुने भएको छ। म्याग्दीवाट विश्वका बिभिन्न देशहरुमा रहनुभएका म्याग्देलीहरु लाई एकजुट गराई जिल्लाको हरेक सुखदुख साथै -साथै रहन समाज स्थापना गरिएको थियो।

प्रवासमा समेत म्याग्देलीहरुमा आईपर्ने हरेक समस्याहरुमा हातेमालो गर्दै अगाडी बढिरहेको र जापानमा पनि केन्द्रीय कमिटी सँगै क्षेत्रीय कमिटीहरु बिस्तार गर्दै २०१९मा स्थापना भएको म्याग्दी प्रवासी नेपाली संघ ,क्षेत्रीय समिती नागोयाले म्याग्देलीहरुका हरेक सुखदुखमा सक्रिय रहदै आएको क्षेत्रीय समिति सचिव सागर थापा बगाले ले बताए।

तेस्रो कार्यकालको निम्ती जुलाई ३० तारिक अधिबेशनको मिति तय गरिएतापनि केहि तयारी नपुगेकोले निर्धारित मिति परिवर्तन गरि अधिवेशन अगष्ट ६ मा हुने भएको हो। कार्यक्रम एशियन डिस दियालो रेष्टुरेन्ट चुरुमाई (नागोया) मा दिउसो ११ बजे बाट शुरु हुने बताइएको छ।

Share
34Shares
Advertisment