नागोया / जापान
गुल्मेली समाज जापान क्षेत्रीय समिति, नागोया जापानको बैठक सम्पन् भएको छ। जुलाई ६ तारिक सम्पन्न उक्त बैठकको अध्यक्षता क्षेत्रीय समिति नागोयाका संयोजक गोविन्द प्रसाद भूषालको अध्यक्षतामा ४ वटा निर्णयहरु गरेको भूषालले बताए।गुल्मेली समाज जापानका केन्द्रीय उपाध्यक्ष बाबूराम खरेलको समुपस्थिमा सम्पन्न सो बैठकमा
निर्णय भएको बताईएको छ। बैठकले नजिकिँदै गरेको नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा नागोयामा रहेका दिदीबहिनीहरूलाई दर खुवाउने कार्यक्रम राख्ने निर्णय गरेका छ ।

देश विदेशमा जीवन जिउने कला सिकाउँदै र उत्प्रेरणामूलक कथाहरू सुनाउँदै मोटिभेस्नल स्पिकरको रूपमा निरन्तर रूपमा क्रियाशील गुल्मीवासी सुधन ज्ञवालीको उपस्थितिमा कार्यक्रम राख्ने निर्णय पनि बुधबार जापान जापान आइपुगेका उनले एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको संयुक्त आयोजनामा टोकियो लगायत सो वरपर गर्न लागिएको ‘कविताको लय र जीवनका रङ्गहरू’ कार्यक्रममा ज्ञवाली आफ्नो प्रस्तुति राख्नेछन् । सोही सोहीमा नागोयामा रहेका जापानवासी नेपालीहरू माझ ज्ञवालीको प्रस्तुतिमा कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।
यसैगरी गुल्मेली समाज जापानको केन्द्रको आगामी महाधिवेशन नागोयामा राख्नका लागि पहल गर्ने पनि निर्णय गरिएको छ । साथै एसईई परीक्षा सकिएपछि आफ्ना बुबाआमा र आफन्तजनहरूलाई भेट्न र भ्रमणका लागि जापान पुगेका छात्र विज्ञान खरेलले एसईईमा ३.९ जिपिए प्राप्त गरेको हुँदा उनलाई प्रेरणा स्वरूप सम्मान गरिएको थियो । गुल्मेली समाज जापान सामाजिक क्षेत्रमा जापान र नेपालमा कृपाशिल रहदैं आएको छ।
Share



