रत्ननगर / चितवन
एक जना छोरा र छोरीका बुवा रंन्जित परियार आफ्नो दुःख जिलो गरेर आफ्नो परिवार चलाएका थिए। आफ्नै घरमा टेलर चलाएर जिबिका चलाई रहेका थिए उनले। छोरा – छोरीलाई स्थानिय स्कूलमा पढाउँदैं स्वादेशमा परिवार संग रमाएका उनको यति बेला भने खुःशी हराएको छ।

चितवन रत्ननगर नगरपालिका वडा नं १२ गोरखकाली टोल निवासी रन्जित परियार आफ्नो ६ बर्षिय छोरा स्पर्श परियारको स्वास्थ्यमा समस्या देखिएको र विभिन्न अस्पतालमा उपचार गर्दा जतिसक्दो छिटो वोनम्यारो प्रत्यारोपण गर्नुपर्ने र त्यो सेवाका लागि भारत लैजान डाक्टरले भनेपछि उनि चिन्तित छन् । मेरो आर्थिक अवस्थाले बाबुको उपचार गर्न सम्भव छैन। देश – बिदेशमा रहनु हुने दयालु नेपालीहरुले सहयोग गर्नु भएमा मात्र उपचार गर्न सकुँला भावुक हुँदैँ रंन्जितले भने।
बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामीले भारत नै जानुपर्ने बाध्यता छ। नेपालमा यस्को उपचार नहुने भएपछि उपचारको लागि भारत नगई उपाय नै छैन। यो रोगको उपचार खर्च ४० लाख देखि ४५ लाख सम्म लाग्ने रंन्जितले बताएका छन्। केहि मनका धनी महानुभावहरु र संघ संस्थाबाट आर्थिक सहयोग आउन थाले पछि उनिमा केहि आश पलाएको छ।
तपाईहरुको सहयोगले बाबु स्पर्शले नयाँ जिवन पाउने छ उनले भने।सहयोग गर्नका लागि नेपाल बैक लि रत्ननगरको खाता नं ०४८०१००७५३७८३००००००२ मा सकिने बताइएको छ। त्यस बाहेक प्रत्येक्ष भेटेर अथवा अन्य जुनसुकै माध्यमबाट पनि सहयोग गर्न सकिने छ।
Share



