नागोया / जापान
जापानको नागोयामा जीवनका रङ्ग र यसका तरङ्गहरु विषयक प्रेरक कथावाचक कार्यक्रम हुने भएको छ। कार्यक्रममा सुधन ज्ञवालीले आफ्नो प्रस्तुति मार्फत नागोयामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि निराशा, कुण्ठा र हिनताबोधबाट केही हदसम्म भए पनि मुक्ति दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गुल्मेली समाज जापानका केन्द्रिय उपाध्यक्ष बाबुराम खरेलले बताए।

कार्यक्रम जुलाई १५ तारिक सनिबार बेलुका ५ बजेबाट नागोयाको Purple haze nagoya サンリツビル b1, 3 Chome-8-22 Sakae, Naka Ward, Nagoya, Aichi 460-0008 मा आयोजना गरिएको गुल्मेली समाज क्षेत्रीय समिति नागोयाका संयोजक गोबिन्द्र भूषालले बताए। कार्यक्रममा प्रबेश निशुल्क रहेको बताइएको छ ।करिव डेड दशकसम्म सञ्चार कर्ममा रहँदा रहँदै मोटिभेसनल स्पिकर बनेका सुधन ज्ञवालीमा अध्ययनशीलता, गतिशीलता, मृदुभाषीपन, र आत्मविश्वासीपन जस्ता थुप्रै सद्गुणहरु रहेको बताईएको छ।
Share



