नागोया / जापान


चितवन समाज जापान, क्षेत्रीय समिति नागोयाको पाचौं अधिवेशन एवं BBQ सम्पन्न भएको छ । अधिवेशनले भैरवअधिकारीको संयोजकत्वमा सर्वसहमत कार्यसमिति चयन गरेको छ। अधिवेशन संगै जापानमा नेपाली – नेपाली विच आत्मियता बढाउन खुल्ला अनि निशुल्क BBQकार्यक्रम आयोजना गरिएको र कार्यक्रमको लागी चितवन समाजको कार्यसमिति र समाजलाई माया गर्ने महानुभावहरु आर्थिक संकलन गरिएको चितवन समाज जापानका उपाध्यक्ष रामु खरेलले बताए।अधिवेशनले उपसंयोजक प्रविन कँडेल , किरण तिवारी र महिला उपसंयोजकमा लक्ष्मी गौतमलाई चयन गरेको छ। समाजको सचिवमा सुरेश गिरी , सह – सचिवना अजय खरेल, कोषाध्यक्षमा काशी आचार्य रहेका छन्। कार्य समिति सदस्यहरुमा सुदन उप्रेती , दिवश सापकोटा, नारायण पोखरेल , अनन्त पाण्डे, सरोज धमला, नविन काफ्ले, दिपेन्द्र थापा, भोला अधिकारी, जिवन अधिकारी, माधव पौडेल र दिनेश पराजुली रहेका छन्।
यस अघि नै निर्वाचन प्रकृयाका लागी चितवन समाज जापानका महासचिव कविकिरण न्यौपानेको संयोजकत्वमा चितवन समाज जापानका सल्लाहकार हरिप्रसाद पोखरेल र विमल अधिकारी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

अधिवेशनको लागी केन्द्रिय प्रतिनिधीको रूपमा टोकियोबाट चितवन समाज जापानका वरिष्ठ उपाध्यक्ष टंक गैरे , उपाध्यक्ष प्रदिप खरेल र पूर्व महासचिव अर्जुन अधिकारीको उपस्थिति थियो।कार्यक्रममा नयाँ कार्य समितिलाई चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष टंक गैरे , गलकोट समाज जापानका संस्थापक एवं समाजसेवामा कृयाशिल व्यक्तित्व मोहन खत्री , एनआरएनए एशिया प्यासिफिक उपसंयोजक दिपक कार्की , चितवन समाज जापानका सल्लाहकार तथा व्यवशायी डिलाराम खरेल, चितवन समाज जापानका सल्लाहकार तथा तोकाई वाटिका ईन्टरनेशनल स्कुलका प्रमुख डा सुदिप अधिकारी , चितवन समाज जापानका सल्लाहकार तथा संरक्षक डा सरोज कँडेल लगाएतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम चितवन समाज जापान ,क्षेत्रीय समिति नागोयाका संयोजक भैरव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सन् 2008 मा स्थापना भएको चितवन समाज जापानको हाल जापानको नागोया र ओसाकामा क्षेत्रीय समिति छन् भने अन्य शहरहरुमा पनि क्षेत्रीय समिति गठन प्रकृयामा रहेको बताईएको छ।
Share



