चितवन समाज जापानले दियो NRNA जापानका निवर्तमान अध्यक्ष नविन न्युरेलाई बधाई

Share
2Shares

टोकियो / जापान

चितवन समाज जापानका सल्लाहकार रहेका NRNA जापानका निवर्तमान अध्यक्ष नविन न्युरेलाई चितवन समाज जापानले हार्दिक बधाई व्यक्त गरेको छ। समाजका महासचिव कविकिरण न्यौपाने र अध्यक्ष ईश्वरी प्रसाद कँडेल द्वारा हस्ताक्षरित उक्त बधाई पत्रमा न्युरेले आफ्नो कार्यकालमा जापानमा  रहेका नेपालीहरुको मन जित्ने गरि काम गरेको बताइएको छ।

उनि एनआरएन जापानकै इतिहासमा सबैभन्दा लोकप्रिय र सफल अध्यक्ष बन्न सफल भए। उनको योगदान, समर्पण र दूरदृष्टि आजको सफल एनआरएन जापानको मेरुदण्ड बनेको छ।उनकै नेतृत्वमा”नेपाली घर हाम्रो साझा सपना हो” भन्ने सोचका साथ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले “ड्रिम प्रोजेक्ट” अन्तर्गत एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्रको निर्माण को कार्य अघि बढेको छ।जापानमा रहेका लाखौं नेपालीहरूको सांस्कृतिक पहिचानको संरक्षण र भविष्यका लागि यो केन्द्र महत्वपूर्ण हुनेछ। यो अधिकारिक र सामाजिक गतिविधिहरूको लागि उपयुक्त वातावरण सिर्जना गर्ने उद्देश्यले स्थापित गरिन लागेको हो। उक्त कार्यको लागी हामी सम्पूर्ण नेपाली समुदायलाई आर्थिक सहयोगको लागि आमन्त्रण गर्दछौं। तपाईंको सानो योगदानले यस सपनालाई साकार गर्न मद्दत गर्नेछ न्युरेले भने।

Share
2Shares
Advertisment