चितवनमा दिनकै लोडसेडिङ पछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगे

Share
0Shares

चितवनको चनौली वितरण केन्द्रमा उत्पन्न लोड व्यवस्थापनमा देखिएको समस्याबारे बुझ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन् । लोड व्यवस्थापनका लागि चनौली वितरण केन्द्रले साउन ११ गते लोडसेडिङको तालिका निकालेपछि शाक्य चितवन पुगेका हुन् ।अत्यधिक लोडका कारण संरचनामा समस्या देखिएपछि प्राधिकरणले मर्मत तथा निर्माण कार्यलाई तीव्रता दिइरहेको जनाएको छ ।

कार्यकारी निर्देशक शाक्य नेतृत्वको टोलीले भरतपुरस्थित सबस्टेसन र अन्य वितरण केन्द्रमा भइरहेको मर्मत तथा निर्माण कार्यको स्थलगत निरीक्षण गरिरहेको छ ।शाक्यले अत्यधिक लोडका कारण उत्पन्न समस्या समाधानका लागि दीर्घकालीन योजना र तत्कालका मर्मत कार्य सँगै बढाइने तयारीमा रहेको बताए ।निरीक्षणपछि प्राधिकरणले समस्या समाधानका लागि आवश्यक थप निर्णय गर्ने जनाएको छ ।

Share
0Shares
Advertisment