नागोया / जापान

रास्वपाले रवि लामिछाने माथी भएको राजनितिक प्रतिशोध विरुद्ध जापानमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ। कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युवु ( नागोया)शाखा समितिले आयोजना गरेको हो। कार्यक्रम 〒455-0054 愛知県 名古屋市港区 遠若町2丁目59 को Arakogawa पार्कमा आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थिति भई उक्त अभियानमा सहयोग गर्नु हुने सबै लाई प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युवु ( नागोया) शाखाका सचिव सरोज वडालले धन्यवाद ज्ञापन गरेका थिए।


कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने माथी भएको राजनितिक प्रतिशोध विरुद्ध हस्ताक्षर अभियान सहित आपसी सद्भाव, भाईचारा तथा आपसी सहयोग सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि प्रवास नेपाली सम्पर्क विभाग जापान , च्युबु शाखा समितिले BBQ तथा बिशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको प्रवास नेपाली सम्पर्क विभाग जापान , च्युबु शाखा समितिका उप- संयोजक सिपि भुषालले बताए।

कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका सचिव सागर बगाले, संयोजक योमन देवान , निवर्तमान संयोजक भेषनाथ गौतम, पूर्व संयोजक रामु खरेल ,एनआरएनए जापानका महासचिव श्याम शितल, एनआरएनए आईसिसि सचिव पारशमणि पोखरेल , सञ्चारकर्मी कविकिरण न्यौपाने, प्रवास नेपाली सम्पर्क विभाग , च्युबु शाखा समितिका सल्लाहकार मित्र सिक्देल ,प्रवास नेपाली सम्पर्क विभाग जापानका दिलेन्द्रप्रसाद जोशी लगाएतले समसामुहिक विषयमा धारणा राखेका थिए। कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युवु ( नागोया)शाखा समितिमा संयोजकमा विकास लम्सालको सभापतित्वमा सम्पन्न भएको थियो।
संयोजकमा विकास लम्साल चयन

कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युवु ( नागोया)शाखा समितिमा रिक्त रहेको सभापति लगाएत पदहरु पदपूर्ति भएको र सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो। पूर्नगठित समितिको संयोजकमा विकास लम्साल, उप – संयोजकमा सिपि भुषाल, सचिव सरोज वडाल, सह-सचिव श्रीकान्त घिमिरे, कोषाध्यक्ष अनिल ज्ञवाली, प्रवक्ता दिवश सापकोटा रहेका छन्। कार्यसमिति सदस्यहरुमा नारायण पोखरेल , प्रकास केसी , दिपेन्द्र थापा, प्रेमेश तिमल्सिना र स्मृति भण्डारी रहेका छन्।


Share




