नागोया / जापान


नेपाली मिडिया सेन्टर जापानको अध्यक्षमा सेन्टरका उपाध्यक्ष राजबिन थापा चयन भएका छन्। आईतवार नेपाली मिडिया सेन्टर जापानको कार्य समिति बैठकले नेपाली मिडिया सेन्टरका अध्यक्ष बिनोदकुमार सापकोटा नेपाल पत्रकार महासंघ, जापानको उपाध्यक्षमा उमेदवार बन्ने हुँदा मिडिया सेन्टरको अध्यक्षमा थापालाई अध्यक्ष चयन गरिएको हो।

विगत डेढ दशक वाट जापानको गिफुमा व्यवशाय गर्दै आएका थापा नेपाल पत्रकार महासंघ , जापान साखाका पूर्व कोषाध्यक्ष एवं वर्तमान पार्शद समेत हुन्।





