टोकियो / जापान


एनआरएनए जापानको वहुप्रतिष्ठित योजना एकिकृत नेपाली घर , बहुसांस्कृतिक केन्द्र निर्माणर्थको टोकियो सप्ताह-२०२५’ को तयारी पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।शिन्जुकोस्थित कु काबुखिचोमा हुने सप्ताहको तयारी पुरा भएको एनआरएनए जापानमा अध्यक्ष सुवाश लामिछानेले बताए। सप्ताहको प्रमुख वाचकका रुपमा पण्डित् दिनबन्धु पोखरेल नेपालबाट जापान आइपुगेका जापान छन् ।

जापान आएलगत्तै उनले मुल–आयोजक समितिसँग तयारीबारे जानकारी लिएका छन् ।जापान बसोबास गर्ने नेपालीका विभिन्न सभा, समारोह तथा धार्मिक कार्यका लागि आफ्नै सामुदायिक भवन निर्माण गर्ने उदेश्यले अर्थ संकलन गर्न यो सप्ताह गर्न लागिएको हो । सो भवनमा पशुपतिनाथ र बौद्ध मन्दिर समेत रहने बताईएको छ ।

सप्ताहबाट ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि श्रद्धालु दाताबाट १५ करोड संकलन गर्ने लक्ष्य लिइएको छ । सप्ताहमा हजारौं नेपालीको सहभागीता रहने र लक्ष्य बराबरको अर्थ संकलन हुने आयोजक मूल–समितिका संयोजक सालिकराम भण्डारीले बताए ।

सहयोगी दाताको सजिलोका लागि नगद, चेक, क्रेडिट कार्ड र डेविट कार्ड तथा पे– पलमार्फत् अनलाईनबाट समेत दान गर्न सकिने व्यवस्था गरिएको छ । सप्ताहको सम्पूर्ण आर्थिक कारोबार चुस्त र पारदर्शी बनाउन मूलआयोजक समिति मातहतको अडिटिङ टिम र ट्रेजरर टिम बनेको छ ।





