नागोया/ जापान


जापानको नागोया शहरमा रहेको तोकाई बाटिका ईन्टरनेशनल स्कुलको तेश्रो बार्षिक सभा सम्पन्न भएको छ।कार्यक्रममा तोकाई बाटिका ईन्टरनेशनल स्कुलका प्रमुख सञ्चालक डा सुदिप अधिकारीले प्रस्तुति रहेको स्कुलको बार्षिक गतिविधी माथी छलफल भएको थियो।

कार्यक्रम सञ्चालन स्कूलका लगानीकर्ता समेत रहेका एनआरएनए आईसीसी सचिव पारशमणि पोखरेलले गरेका थिए। कार्यक्रममा स्कूलका सञ्चालकहरु डा विश्वराज कँडेल, बिमल अधिकारी , सुरेशचन्द्र उपाध्याय र सुरज काफ्लेले लगानी कर्ताहरुको जिज्ञासाको जवाफ दिएका थिए।जापानको गिफु स्थित रिसोर्टमा आयोजना गरिएको कार्यक्रमको व्यवस्थापन स्कुलका र्निर्देशक शुसील पौडेलले गरेका थिए।

उक्त स्कूल 2-chōme-2-1 Himeikedōri, Chikusa Ward, Nagoya, Aichi 464-0055 अवस्थित छ। उक्त स्कूल ट्रेनको Subway हिगासियामा लाईनको Kakuozan Station १ नम्बर गेटबाट बाट हिंडेर करिब ५ मिनेट र Subway मेजोसेन लाईनको Motoyama Station १ नम्बर गेटबाट बाट हिंडेर ७ मिनेटमा पुग्न सकिन्छ।

हाल स्कूल KG देखी कक्षा ९ सम्म संञ्चालन गरिएको उक्त स्कूल प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षा सम्म संचालन गर्ने लक्ष्य रहेको स्कूलका र्निदेशक सुरेशचन्द्र उपाध्यायले बताए। १२ कक्षा सम्मको स्कृति पाईसकिएको छ उनले भने। स्कूलमा पाठ्यक्रम नेपाल सरकारको शिक्षा मन्त्रालयले तोके बमोजिम अंग्रेजी माध्यममा हुने गरी गरिएको छ।

स्कूलमा जापनिज भाषा सहित अतिरिक्त कक्षाहरु समेत सञ्चालन गरिएका छन्। विद्यार्थीको चाहाना अनुसार अतिरिक्त कृपाकलापहरु खेलकूद, गायन, नृत्य तथा बक्तित्वकला लगाएत गतिविधी समेत हुने गरेको स्कुलका अर्का सञ्चालक मोहन खत्री बताउछन् । जस्का लागी विषयगत शिक्षकहरु व्यवस्था गरिएको छ।





