जापानमा हमालले कमाल गर्ने

महानायक राजेश हमालद्वारा जापानको प्रमुख ५ शहरमा विशेष प्रेरणादायी कार्यक्रम हुने

Share
0Shares

नागोया / जापान 

जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सिने जगतका महानायक राजेश हमाल जापानका प्रमुख ५ शहरमा उपस्थित हुने विशेष प्रेरणादायी कार्यक्रम आयोजना हुने भएको छ। “सपना, साधना र सफलता : युगदेखि युगसम्म” शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा तथा अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापान च्याप्टरको सह–आयोजनामा सम्पन्न गरिनेछ।

आयोजकका अनुसार कार्यक्रममा महानायक हमालले आफ्नो जीवनयात्रा, निरन्तर साधना, संघर्ष र सफलतासम्मको अनुभव बाँड्दै सहभागीहरूलाई प्रेरणादायी भनाईहरु राख्नेछन् । साथै हमाल लिखित चर्चित पुस्तक “युगदेखि युगसम्म” लेखक स्वयंको हस्ताक्षरसहित उपलब्ध गराइने व्यवस्था गरिएको छ। सबै कार्यक्रम निःशुल्क (Free Entry) रहने जनाइएको छ।

कार्यक्रम तालिका (मिति, समय र स्थान)
१) टोकियो
मिति: फेब्रुअरी ११
समय: साँझ ६:३० बजेबाट
स्थान: Nakano Zero Hall, Nakano City

२) शिजुओका
मिति: फेब्रुअरी १४
समय: साँझ ६:००–९:००
स्थान: Miraie Community Hall, Shizuoka

३) नागोया
मिति: फेब्रुअरी १५, २०२६
समय: १७:०० बजेबाट
स्थान: Nagoya International Center, Nagoya

४) ओसाका (कान्साइ क्षेत्र)
मिति: फेब्रुअरी १७
समय: १६:३०–२१:१५
स्थान: Osaka Abeno Civic Center

५) फुकुओका
मिति: फेब्रुअरी १९
समय: साँझ ६:०० बजेबाट
स्थान: Hakata Civic Center, Fukuoka

यो प्रेरणादायी श्रृंखला विशेषगरी युवा पुस्ता, विद्यार्थी, श्रमिक तथा व्यवसायीहरूलाई लक्ष्य, आत्मअनुशासन र सकारात्मक सोचतर्फ अभिप्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो। टोकियो बाहेक ओसाका, फुकुओका, शिजुओका र नागोयामा समेत कार्यक्रम सञ्चालन हुने भएकाले जापानभर छरिएर रहेका नेपाली समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Share
0Shares
Advertisment