यस्तो रह्यो जापानको नागोयामा आयोजित महानायक हमालको प्रेरणादायी कार्यक्रम

Share
0Shares

नागोया / जापान

एनआरएनए जापान क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको उपस्थितिमा “युगदेखि युगसम्म” शीर्षकमा विशेष प्रेरणादायी कार्यक्रम रूपमा सम्पन्न भएको छ।कार्यक्रम एनआरएनए जापान क्षेत्रीय समन्वय परिषद् नागोयाका संयोजक योवन देवानको अध्यक्षता एवं एनआरएनए  आईसिसि सचिव पारशमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा स्थानिय कलाकारहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन एनआरएनए जापान क्षेत्रीय समन्वय परिषद् नागोयाका सहसचिव सरोज वडालले गरेका थिए।

नागोयास्थित Nagoya International Center, Nagoya मा आयोजित उक्त कार्यक्रममा उल्लेख्य संख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो।कार्यक्रममा महानायक हमालले आफ्नो जीवन संघर्ष, अनुशासन, सफलता र निरन्तरताको यात्राबारे अनुभव साझा गर्दै युवा पुस्तालाई लक्ष्यप्रति प्रतिबद्ध रहन, सकारात्मक सोच राख्न र समयको सदुपयोग गर्न प्रेरित गरे । हमालले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाइराख्दै जहाँ रहे पनि उत्कृष्टता हासिल गर्न आग्रह गरे।

कार्यक्रमका क्रममा प्रश्न–उत्तर सत्र, तस्बिर खिच्ने अवसर तथा दर्शकहरूसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरिएको थियो। सहभागीहरूले कार्यक्रमलाई ज्ञान, प्रेरणा र मनोरञ्जनको उत्कृष्ट संगमका रूपमा लिएका थिए।कार्यक्रमलाई विभिन्न संघ–संस्था तथा व्यवसायीहरूले सहयोग गरेका थिए भने व्यवस्थापन पक्षले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सहयोगी, स्वयंसेवक र सहभागीप्रति आभार व्यक्त गरेको छ।विदेशमा रहेर पनि नेपाली कला, संस्कृति र प्रेरणादायी व्यक्तित्वसँग जोडिने यस्तो कार्यक्रमले जापानस्थित नेपाली समुदायमा सकारात्मक ऊर्जा र एकताको भावना थप मजबुत बनाएको आयोजकको भनाइ रहेको छ।

Share
0Shares
Advertisment