जापानको नागोया शहरमा रहेको तोकाई बाटिका इन्टरनेशनल स्कूलमा नेपाली चलचित्र जगतका महानायक राजेश हमलको भव्य स्वागत

Share
51Shares

नागोया / जापान

जापानको नागोया शहरमा रहेको तोकाई बाटिका इन्टरनेशनल स्कूलमा नेपाली चलचित्र जगतका महानायक राजेश हमलको भव्य स्वागत गरिएको छ। स्कूलमा राजेश हमलको आगमनले सबैलाई खु :शी बनायो तोकाई बाटिका इन्टरनेशनल स्कूलका प्रिन्सिपल यादव भुजेलले बताए।

स्कूलमा तोकाई बाटिका इन्टरनेशनल स्कूलका निर्देशकहरु शुरेशचल्द्र उपाध्याय, बिमल अधिकारी , सुरज काफ्ले , शिक्षक – शिक्षिका, अभिभावक एवं विद्यार्थीहरुले हमाललाई स्वागत गरेका थिए।

स्कूलमा हमलले  सम्बोधन गर्दै आफ्ना अनुभवहरू साझा गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा एनआरएनए जापान, क्षेत्रीय समिति नागोयाका संयोजक योवन देवान, एनआरएनए आईसिसि सचिव पारशमणि पोखरेलको पनि उपस्थिति थियो।

उक्त तोकाई बाटिका इन्टरनेशनल स्कूल 2-chōme-2-1 Himeikedōri, Chikusa Ward, Nagoya, Aichi 464-0055 अवस्थित छ। स्कूल ट्रेनको Subway हिगासियामा लाईनको Kakuozan Station १ नम्बर गेटबाट बाट हिंडेर करिब ५ मिनेट र Subway मेजोसेन लाईनको Motoyama Station १ नम्बर गेटबाट बाट हिंडेर ७ मिनेटमा पुग्न सकिन्छ।

Share
51Shares
Advertisment