नागोयामा भएको नेपाल फेष्टिवलको आय – व्यय भोली सार्वजनिक गरिने

Share
56Shares

नागोया / जापानको नागोया शहरमा नेपाल र नेपाली चिनाउने अभियान सहित आयोजना गरिएको नेपाल फेष्टिवल को आय – व्यय भोली सनिवार सार्वजनिक गरिने भएको छ।सेप्टेम्बर ३ तारिक सनिवार र ४ तारिक आईतवार सम्पन्न नेपाल फेष्टिबल सोचे भन्दा पनि सफलता पूर्वक सम्पन्न भएको एनआरएनए नागोयाका उप -संयोजक भेषनाथ गौतमले बताए l

फेस्टिवलमा १ करोड दश लाख येनको हाराहारीमा आर्थिक संकलन भएको र छिटैं हिसाब सार्वजनिक गरिने बताइए पनि चार्ड -पर्व र सबैको समय मिलाउन पर्ने हुदाँ केहि ढिला भएको आयोजकले जनाएको छ। फेष्टिबलको आय – व्यय सार्वजनिक तथा समिक्षा दिउसो ४ : ३० बजे देखि बेलुका ९ : ०० बजेसम्म हुने फेष्टिवल आयोजक समिति संयोजक तथा एनआरएनए आईसिसि सदस्य समेत रहेका दिपक कार्कीले बताए। कार्यक्रम नागोया स्थित 460-0015 Naka-ku oimachi 7-25 मा हुने बताइएको छ। हरेक सामाजिक गतिविधीको आर्थिक पक्ष झनैं पारदर्शी हुन पर्ने बताउँदैं कार्कीले सबै सरोकारबाला महानुभावहरुलाई कार्यक्रममा आउनुहुन अनुरोध गरेका छन्।

नागोयामा भएको नेपाल फेष्टिवलको हरेक कारोवार बैंकबाट गरिएको फेष्टिवलका आर्थिक संयोजक डिलाराम खरेलले बताएका थिए। भोलि हिसाब – किताव सार्वजनिक गरिने र कहि कतै चित्त नबुझे हरेक हिसाब किताव प्रष्ट पारिने उनले बताए।फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु राखिएका थिए। एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

Share
56Shares
Advertisment