कांग्रेस नेताहरूले सभापति गगन थापाको निवास र उनले कार्यकर्तासँग भेटघाट गर्ने ज्ञानेश्वरस्थित कार्यालय वरपर सादा पोसाकका प्रहरीले निगरानी गरिरहेको दाबी गरेका छन् । सभापति थापालाई पक्राउ गर्ने हल्लाका बीच यस्तो गतिविधि बढेको उनीहरुको अनुमान छ ।
कांग्रेस महामन्त्री उदयशमशेर राणाले सभापति थापालाई पक्राउ गर्ने हल्ला मात्रै नभएर सुचना समेत भएको दाबी गरे । प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाइनुको एउटा कारण थापालाई पक्राउ गर्न नमानेको हुन सक्ने उनको आशंका छ । सरकारले प्रेसदेखि प्रतिपक्षसम्मको आवाज दबाउन खोजेको भन्दै उनले यस्ता घटनाबाट कांग्रेस विचलित नहुने बताए ।

‘प्रेसको मुख थुन्न उनीहरूले मिडिया हाउसहरूमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने काम गरे । प्रेसलाई त्रसित बनाए । अब बोल्ने तैं होस् भन्ने हिसाबले हाम्रो सभापतिलाई पक्राउ गरेर प्रतिपक्षको आवाज थुन्ने सरकारको नियत देखिन्छ उनले भने ।
Share



