प्रवासी नेपाली मञ्च जापानद्वारा नयाँ वर्षमा शुभकामना आदान-प्रदान

Share
0Shares

प्रवासी नेपाली मञ्च जापान द्वारा नयाँबर्षको शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम सम्पन्

जापान । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीद्वारा आयोजित नयाँ बर्ष २०२३ को शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छटोकियो कामतामा आइतबार सम्पन्न भएको नयाँबर्ष २०२३ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सदस्य सुरेश केसी, पूर्वी एशिया महादेशीय कमिटीका संयोजक मोहन रायमाझी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, एनआरएन जापानका उपाध्यक्ष संगीता अधिकारी रहनु भएको थियो । अतिथिहरुमा मञ्चका सल्लाकारहरु ददीवल खड़का, दीपेन्द्र अधिकारी, बुद्ध रायमाँझी, मोहन घले, धादिङ् समाज जापानका अध्यक्ष दिनेश लोहनी, पत्रकार महासंघ जापानका सचिव राजन गौतम, सह-सचिब बिश्वास आचार्य लगायतले शुभकामना व्यक्त गर्दै मञ्चका कार्यक्रम प्रभावकारी र उपलब्धीमूलक हुनु पर्ने, मञ्चलाई एकताबद्ध रूपमा अगाड़ी बढ़ाई अग्रणी भूमिका खेल्नु पर्नेमा जोड़ दिइएको थियो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अंतराष्ट्रीय कमिटीमा जापानबाट प्रतिनिधित्व गर्नुहुने मञ्च पूर्व अध्यक्ष सुरेश केसी, पूर्व सचिब डा. सरोज कंडेल, पूर्वी एसिया संयोजक मोहन रायमाझीलाई सम्मान पत्र हस्तान्तरण गरीएको थियो । कार्यक्रममा पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित सिंगों कार्यसमितिलाई बधाई ज्ञापन एवम् सम्मान गरीएको थियो।

कार्यक्रम प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटी अध्यक्ष कुलचन्द्र खरेलको सभापतित्वमा तथा प्रमुख अतिथ्यता प्रवासी नेपाली मञ्च अन्तराष्ट्रीय कमिटीका सचिवालय सदस्य एवम् पूर्वी एशिया ईन्चार्ज भक्त गुरुङ रहेका थिए। सचिब राजेन्द्र श्रेष्ठले संचालन गरिएको कार्यक्रमको स्वागत मञ्चका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बाबुराम भण्डारीले गरेका थिए।

Share
0Shares
Advertisment