नागोया । स्याङ्जा समाज नागोयाले आउँदो मे २७ तारिख,नागोयास्थित आराको पार्कमा जमघट तथा (BBQ )कार्यक्रम गर्ने भएको छ।
स्याङ्जा समाज नागोयाले कार्यक्रम आयोजना गरे पनि कार्यक्रममा स्याङ्जालीहरु मात्रै नभइ,सबैलाई प्रवेश खुल्ला गरिएको स्याङ्जा समाज नागोयाका महासचिव मनोज ढुङ्गानाले बताए।
स्याङ्जा समाज नागोयाका अध्यक्ष मित्र सिग्देलका अनुसार,खानपिन तथा रमाईलोका लागि मात्र नभई बिदेशमा कामको थकान कम गर्न तथा नेपाली-नेपाली बिचको सम्बन्ध प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिन लागिएको हो ।सिग्देलले भने-“ यस जमघटले नेपाली नेपाली बिच परिचयात्मक कार्यक्रम साथै सुख – दुख साटासाट गरि नेपालीहरुको भाईचारा र आपसी सम्बन्ध लाई प्रगाड बनाउने विश्वास लिएका छौँ।”

कार्यक्रमका अतिथि सस्कार संयोजक राजेन्द्र लम्सालले जनाए अनुसार,कार्यक्रम दिउसो १२ बजे देखि ५ बजे सम्म हुने छ । कार्यक्रम स्थल सम्म पुग्न आओनामी लाईनको आराको गावा कोएन स्टेशनबाट हिंडेर ५ मिनेट मात्र लाग्ने उपस्थित पाहुनाहरु कार्यक्रम स्थल सम्मको जानको लागि सहज रहेको छ। साथै नीजि सवारीमा आउनेहरुका लागि निशुल्क पर्किङ्को ब्यबस्था पनि रहेको छ ।
BBQ कार्यक्रममा प्रवेशका लागि पुरुषको लागि ४ हजार येन र महिलाको लागि ३ हजार येन शुल्क तोकिएको छ। विद्यार्थीको लागि भने २००० येन तोकिएको छ।
कार्यक्रममा बिभिन्न परिकार टिपिकल नेपाली स्वादमा बनाउन लागिएको कार्यक्रम ब्यवस्थापन संयोजक तथा स्याङ्जा समाज नागोयाका कोषाध्यक्ष सुर्य पोखरेलले बताएका छन।स्याङ्जा समाज नागोया बिभिन्न सामाजिक तथा परेपकारी गतिविधीहरुमा सक्रिय रहँदै आएको छ।




