नागोया । चितवनको रत्ननगरमा रहेको गामबेसीँको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालवालिकाको खाद्यान्न र स्टेशनरी खरिदका लागि जापानमा आर्थिक संकलन गरिएको छ । एनआरएनए क्षेत्रीय समिति संयोजक मनोजबम मल्ल सहित कार्य समितिले आफै भित्र आर्थिक संकलन गरि १ लाख रुपया चितवनकै सामाजिक व्यक्तित्व दीपक नेपाल मार्फत
हस्तान्त्ररण गरेका हुन्।
आर्थिक संकलनको लागि संयोजक मल्ल सहित उपसंयोजकहरु भेषनाथ गौतम, योमन देवान, उपसंयोजक कुशल पौडेल, सचिव विष्णु बहादुर कार्की, सहसचिब निलम राउत, सहसचिब प्रवन पाण्डे, कोषाध्यक्ष यम बाहादुर पाइजा, सह कोषाध्यक्ष सरोज बडाल, सदस्यहरु मित्रलाल सिग्देल, प्रतिक कार्की, रमेश श्रेष्ठ, सुजन कार्की, रुपेश चोचाङी पुन, भानुभक्त पुरी, इशोर बस्नेत, सागर थापा बगाले, अर्जुन प्रसाद खनाल, विप्लप श्रेष्ठ, इशान श्रेष्ठ, मनोज ढुंगाना, दुर्गेश गिरी र राजेश अधि

केन्द्रमा खाद्यान्न अभाव भएको थाहापाएपछि जापानमा आर्थिक संकलन अभियान सञ्चालन गरेका सामाजिक व्यक्तित्व दीपक नेपालले चेपाङ बालबालिकाको शिक्षाका लागि जापानमा रहेका नेपाली समुदायले देखाएको उदारताले आफु उत्साहित भएको बताए ।
एनआरएनए जापान क्षेत्रीय समिति नागोया संयोजक मनोज बम मल्लले आफ्नो कार्य समितिबाटै उठाएर चेपाङ्ग बाल बालिकाको लागि सानो भए पनि सहयोग गर्न पाएकोमा खुःशी लागेको बताए।
Share



