जापानमा फेरि एक जना नेपाली मृत भेटिए

Share
0Shares

टोकियो/जापान

जापानमा फेरि एक जना नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नबिन निउरेका अनुसार नेपालको रुकुम महत -३ स्थायी घर भइ,जापानको इबाराकीको चुकुवा नगरको कानामेमा बस्दै आएका ३४ वर्षिया अमृत बुढा आफ्नै कोठामा मृत भेटिएका हुन् ।

विद्यार्थी भिषामा जापान आई गत अप्रिलबाट कम्पनीमा काम सुरु गरेका बुढा यहि मे २ तारिकदेखि देखी कम्पनीको काममा नगएका र कम्पनीले ४ तारिकदेखि लगातार कोठामा आई खोज तलास गरेको थियो। त्यति गर्दा पनि उनको अवस्था जानकारी नभएपछि कोठाको कोठा व्यवस्था गरिदिनेलाई खबर गरी कोठा खोलेर हेर्दा बुढा मृत अवस्थामा फेला परेको र शव केहि गलेको अवस्थामा रहेको र प्रहरीलाई जानकारी गराई निजको शव प्रहरीको नियन्त्रणमा लिइ नेपाली दूतावासलाई जानकारी गराई सकिएको बताइएको छ।

निउरेका अनुसार नेपाली दूतावासले एनआरएनएसंगको आवश्यक सहयोग र समन्वयमा एनआरएनए जापान, मृतकको निकटतम व्यक्ति सहितको टोलीले घटना स्थलमा गई जापान प्रहरी र निजले काम गर्ने कम्पनीका प्रतिनिधिसंग घर परिवारसंगको सल्लाहमा शवको अन्त्येष्टि गर्न सबै सरोकारवाला पक्षसंग समन्वय र सहकार्य गरिने छ। मृत्युको कारण भने अहिले सम्म खुल्न सकेको छैन।

Share
0Shares
Advertisment