जापानले चन्द्रमामा अध्ययनका लागि मुन ल्यान्डर पठायो

Share
0Shares

जापानले चन्द्रमामा अध्ययनका लागि मुन ल्यान्डर पठाएको छ। खराब मौसमका कारण बारम्बार रद्द हुँदै आएको जापानको चन्द्रमा मिशन बिहीवार सफल रुपले लन्च गरिएको हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ्ग मून) नामको  उक्त मिसन चन्द्रमाको सतहमा करिब पाँच महिना भित्र अवतरण गर्ने सम्भावना रहेको जापानिज एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले जनाएको छ।

यदि जापानको यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौ मुलुक बन्ने छ।

हालसम्म विश्वका चार मुलुक अमेरिका, रूस, चीन र भारतले मात्रै चन्द्रमामा आफ्नो सफल अवतरण गर्न सकेको छ। भारतले केहीदिन अघि मात्रै चन्द्रमामा सफल अवतरण गरेको थियो।

जापानको यो परियोजना १० करोड डलरको रहेको पनि बताइएको छ।

Share
0Shares
Advertisment