नागोया / जापान
जापानको नागोया शहरमा लमजुङ्गका २२ वर्षिय युवराज तमाङ्गको निधन भएको छ। उनको हृदयघात बाट निधन भएको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले बताए।यसअघि पनि जापानको नागोया शहरमै नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको थियो। यति कम उमेरमै हृदयघातबाट नेपालीको निधन हुन थाले पछि नेपाली समुदायमा झनैं चिन्ता बढाएको छ।

तमाङ्ग लमजुङको दोर्दी गाविस वर्डा नं ६ , छोटेखोला स्थायी ठेगाना भई नागोयाको नेनपाकुमा बस्दैँ आएको बताईएको छ। उनका साथीहरुका अनुसार तमाङ्गलाई मोवाईल हेरिरहेको अवस्थामा असहज भएपछि अस्पताल पुऱ्याइएको थियो। उनको जनवरी ३१ तारिक विहान ७वजे उपचारको क्रममा निधन भएको एनआरएनए क्षेत्रीय समिति नागोयाका उप- संयोजक कुशल पौडेलले जानकारी दिए।तमाङ्ग विद्यार्थी भिषामा गत २०७९ साल कार्तिक २७ गते मात्रै जापान आएका थिए ।
तमाङ्गका बुवा – आमा सहित १ जना दिदि र १ जना दाई नेपालमा रहेका छन् । तमाङ्का आफन्तले शव नेपाल पठाउन अनुरोध गरेको एनआरएनए एशिया प्यासिफिक उप – संयोजक दिपक कार्कीले बताए। त्यस्को लागि तमाङ्ग अध्ययनरत कलेज संग कुरा भई रहेको कार्कीको भनाई छ।
Share



