उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दैं अवैध सञ्चालनका रहेका शैक्षिक परामर्श केन्द्रमा प्रहरीको छापा, ६९ जना पक्राउ

Share
0Shares

काठमाडौंका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा प्रहरीले छापा मारी ६९ जनालाई पक्राउ गरेको छ। उच्च शिक्षाका लागि विदेश पठाइदिने आश्वासन दिएर ठगेको गुनासोका आधारमा प्रहरीले शुक्रबार एकै दिन ९५ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार यी शैक्षिक परामर्श केन्द्रले पालना गर्नुपर्ने मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको, बिना इजाजत शैक्षिक परामर्श सेवा लगायतका काम गर्दै आएका थिए। यस्ता ९५ वटा केन्द्रबाट प्रहरीले ६९ जना संचालकलाई पक्राउ गरेको हो। कार्यालयले ठगीमा परेका कोही भएमा प्रहरीको सम्पर्कमा आउन अनुरोध गरेको छ।

Share
0Shares
Advertisment