नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ जापान, क्षेत्रीय समिति तोकाई नागोयाले ‘देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ।जापानको नागोयामा आगामी नोभेम्बर ७ तारिख शनिबार आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक पहिचान झल्कने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।नेपालीहरूको महान् चाड तिहारको सांस्कृतिक महत्त्वलाई प्रवासमा समेत जीवन्त राख्दै नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम नोभेम्बर ७ तारिख शनिबार साँझ ४ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। नागोयास्थित सहारा रेस्टुरेन्ट (SAHARA RESTAURANT) मा आयोजना हुने कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जानकारी दिएको छ।कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्कने देउसी–भैलो लगायतका सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिनेछन्। जापानमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नो कला, संस्कृति र परम्परासँग जोड्दै नयाँ पुस्तामा समेत नेपाली मौलिक पहिचान हस्तान्तरण गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।

आयोजक संस्थाले नागोया तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम विवरण :
- मिति : ७ नोभेम्बर २०२६, शनिबार
- समय : साँझ ४ बजेदेखि राति ९ बजेसम्म
- स्थान : SAHARA RESTAURANT, नागोया
- ठेगाना : 〒460-0003 愛知県名古屋市中区錦2丁目10-23
- प्रवेश : निःशुल्क (FREE ENTRY)
थप जानकारीका लागि:
- मोहन : 080-6335-5861
- सोनाम : 080-5843-7922
- सपना : 090-4223-6292
- निर्मल : 090-6359-6018
- सागर : 080-4697-2408




