गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रिय प्यासिफिक सम्मेलनको तयारी तिव्र पारिएको छ । अगस्ट २६ देखि २८ सम्म थाईल्याडको बैंककमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
एनआरएनए एसिया क्षेत्रिय प्यासिफिकको तर्फबाट शनिवार पत्रकार सम्मेलनको आयोजना गर्र्दै सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने बताईएको छ। जुमबाट गरिएको उक्त पत्रकार सम्मेलनमा एनआरएनए एशिया प्यासिफिक संयोजक पारशमणि पोखरेल र डिपि कँडेलले सम्मेलनको आवश्यकता र तयारीको बारे प्रकास पारेका थिए।

कार्यक्रम सञ्चालन भने क्षेत्रिय सचिव प्रदिप न्यौपानेले गरेका थिए। संयोजक पारशमणि पोखरेलले पत्रकारहरुको प्रश्नको जवाफ दिदैं १८ वर्षको ईतिहासमा एनआरएनएको यस्तो कार्यक्रम कहिले नभएको बताए। सम्मेलनमा पद्धति र पारदर्शीतालाई विषेश ध्यान दिदैं सम्मेलनकै अन्तिम दिन सम्पूर्ण आय – व्यय बिवरण सार्वजनिक गर्ने बताए। नेपाली उत्पादन बजारीकरण गर्न पनि सम्मेलनले सघाउ पुग्ने र बजार प्रवद्र्धनका लागि गैरआवासीयले भूमिका खेल्ने उनले बताए ।
सम्मेलनमा नेपाल सरकारका श्रम मन्त्री शेरबहादुर कँवरको प्रमुख आतिथ्यता रहेने छ। कार्यक्रममा कांग्रेस नेता गगन थापा र एमाले नेता डा सुर्य पाठक आउने छन्। नेपालबाट हास्य कलाकार सहित नेपाल र थाईल्याण्डको विषेश सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताईएको छ। विभिन्न विषयमा बिज्ञहरु सहित कार्यशाला गोष्ठी समेत हुने छ।
सम्मेलनमा सहभागीले नाम दर्ता गर्दा २ सय डलर तिर्नु पर्ने आयोजकले जनाएको छ । उक्त रकमबाट ब्रेकफास्ट, लन्च, डिनरको व्यवस्था हुने बताएको छ ।
होटल व्यवस्था सहभागी आफैले गर्नपर्ने बताईएको छ। पत्रकार सम्मेलनमा एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय सभाबाट पनि पारित गराउन लबिङ गर्दै आएको बताए । उनले संघभित्रको एकतालाई अझै रचनात्मक बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड्न आवश्यक काम गरिरहेको उनको भनाई छ।एनआरएनएकी अध्यक्ष रविना थापा र डा बन्द्री केसीले एकता अनि मिलाप बिना कुनै कार्य गर्न नसकिने तर्क गर्दै सबै मिलेर अघि बढ्नुको बिकल्प नरहेको बताए । एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतका अनुसार मिलाम क्षेत्रिय सम्मेलनको अब १० प्रतिशत काम मात्र बाँकी रहेको र आफु लगाएतको टिम सम्पूर्ण आगन्तुकलाई स्वागत गर्न आत्तुर रहेको बताएका छन्।
Share



