जापानको फुकुओकामा हुने नेपाल फेष्टिवलको प्रचण्ड द्वारा उद्‌घाटन हुने

Share
77Shares

जापानको फुकुओकामा हुने नेपाल फेष्टिवलको उदघाटन नेकपा (माओवादी केन्द ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्व कमल दाहाल (प्रचण्ड ) ले गर्ने भएका छन्। नेपालको कला संस्कृतिलाई जापानी समुदायमा परिचित गराउने उद्देश्यले अगस्ट ६ तारिक नेपाल फेष्टिवल हुँदैं छ।फुकुओका शहरको तेन्जिङ च्यूओ पार्कमा हुन लागेको लागेको एक दिने फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको फेष्टिवल आयोजक समितिका संयोजक अर्जून थापाले बताए ।

देशको पूर्व प्रधानमन्त्रीको हैसियतले फेष्टिवलको उदघाटन हुन लागेको बताउँदै एनआरएनए जापानका सचिव देबराज उप्रेतिले जापनिज माझ नेपाल चिनाउने यो अभियानमा सबैलाई आ – आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरेका छन्। पुष्पकमल दाहाल (प्रचण्ड) ५ दिने भ्रमणको लागि अगस्ट ६ तारिकनै जापान आउने भएका हुन्।

प्रचण्डको यो पहिलो जापान भ्रमण हो। नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण श्रृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

प्रचण्डले जापान रहदाँ जापान सरकारका उच्च अधिकारीहरु संग भेटघाट हुने पन्तले बताए। जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नेपाली जनप्रगतिशील मंच जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ताको रूपमा प्रचण्डले सहभागिता जनाउने मंचका महासचिव बाबुराम पौडेलले जनाए ।उनका अनुसार अगस्ट ७ तारिक टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५:३० बजेदेखि सो अन्तरक्रिया कार्यक्रम हुने छ ।

Share
77Shares
Advertisment