विदेशमा भएका नेपाली स्वदेश फर्कने बेला भएको छैन : प्रचण्ड

Share
0Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका छन् ।

जनप्रगतिशिल जापानले टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशमा अझै राजनीतिक स्थायित्व कायम नभएकाले विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका हुन् ।

‘म तपाइहरु समक्ष म इमान्दारपूर्वक भन्न चाहन्न्छु, तपाइहरु अझै स्वदेश फर्कने बेला भएको छैन’, प्रचण्डले भने, ’केही समय पर्खिनुहोस्, हामी राजनीतिक स्थायित्व कायम गर्नेतर्फ अग्रसर भएका छौँ, तपाइहरुलाइ स्वदेश फर्कने वातावरण मिलाउदैछौँ ।’

Share
0Shares
Advertisment