तीज सकिएपनि दर खान आरजु जापानमा

Share
0Shares

कविकिरण न्यौपान

यति बेला प्रधानमन्त्री पत्नी डा आरजु देउवा निजी भ्रमणमा जापानमा छिन्। हुन त यो उनको पहिलो जापान भ्रमण भने होईन । यस अघि पनि उनकी आमा प्रतिभा राणा जापानको राजदूत हुदाँ माईती आए झैं जापान आईरहन्थिन । पछिल्लो समय देउवा पछि नेपालकी भावी प्रधानमन्त्री आरजु हुन भन्ने केहि कांग्रेसी नेताहरुको अभिव्यक्ति र आरजुको गतिविधीले उनि चर्चामा छिन्। त्यो भन्दा पनि जापानका लागि नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले आरजु जापान आउने बित्तिकै उनकै सेवामा मात्र तल्लिन छन्।

गत सेप्टेम्बर ३ र ४ तारिक जापानको नागोया शहरमा एन आरएनए , नागोया जापान र नेपाली राजदूताबास टोकियोले आयोजना गरिएको नेपाल फेस्टिवलमा राजदुत आउने भनिए पनि आरजु देउवा जापान आएकै कारण राजदूत फेष्टिवलमा आफु नआई प्रतिनिधी पठाएका थिए। नेपाली महिलाहरूको चाड तीज सकिएको एक हप्तापछी दुतावासले दर खुवाउने कार्यक्रम गरेर आरजुलाई प्रमुख अतिथि बनाएपछि जताततै दुतावास र आरजुको आलोचना हुन थालेको छ। आरजुले आफ्नो प्रमुख आतिथ्यमा राजदुत डा दुर्गा सुवेदी दम्पत्तिले तीज कार्यक्रम आयोजना गरेको सामाजिक सञ्जाल फेसबुकमा समेत उल्लेख छ।दर खान गएकी एक महिलाका अनुसार विषेश व्यक्तिहरुलाई बोलाईएको रहेछ , ढिलैं भएपनि प्रधानमन्त्री पत्नी आरजुले सबैलाई तीजको शुभकामना भन्नु भयो उनले भनिन।

सुवेदी राजदुत नियूक्ति भएपछि नेपालमा आफन्त तथा ईष्यमित्रलाई कार्ड नै पठाई भोज गरेको भन्दैं उनको आलोचना भएको थियो।नव नियुक्त राजदूत सुवेदी मन्त्रालयका शिष्टाचार महापाल हुन् । पहुँचकै कारण बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्केलगत्तै परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको जिम्मेवारी पाएका र विदेश पोस्टिङ्गको छोटो समयमा जापानको लागि राजदूत नियुक्त भएका जानकारहरु बताउँछन ।

Share
0Shares
Advertisment