टोकियो – जापानले आफ्नो अर्थतन्त्र उकास्नका लागि विदेशी पर्यटकका लागि आवागमन खुकुलो बनाउन थालेको छ । उसले आफ्ना सीमा क्षेत्रहरु खुकुलो गरेर पर्यटन क्षेत्रमा विदेशीहरुलाई अझ बढी आकर्षित गर्ने प्रयास थालेको हो ।
आफ्नो मुद्रालाई बलियो बनाउने प्रयास अनुरुप जापानले पर्यटकीय क्षेत्रलाई खुकुलो बनाएको जनाएको छ । यसअघि उसले विदेशी पर्यटकको यात्रामा लगाएको ‘क्याप’लाई खुकुलो बनाउँदै धेरै पर्यटक भित्र्याउने रणनीति लिएको हो ।

अमेरिकी डलरको तुलनामा जापानी येन विगत २४ वर्षकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । गत साता येन डलरको तुलनामा १.७ प्रतिशतले तल खस्केको तथ्यांक सार्वजनिक भएको हो जुन सर्वाधिक न्यून बिन्दू हो ।
जापानले विगत दुई वर्षमा कोभिड महामारीको कारण देखाउँदै बिदेशी पर्यटकका लागि यात्रामा कडा प्रतिबन्ध लगाएको थियो । गत वर्ष उसले गरेको टोकियो ओलम्पिक २०२० मा पनि बिदेशीहरुलाई प्रतिबन्ध नै लगाएको थियो । तर हालैका महिनामा भने उसले आफ्नो देश पर्यटकका लागि केही खुकुलो गरिदिएको छ ।
Share



