पत्रकार महासंघ जापानको अधिवेशन अनिश्चित, कार्यसमितिमै विवाद

Share
0Shares

जापान । नेपाल पत्रकार महासंघ, जापान साखाका सचिव शान्ता पहरी ले सुक्रवार नेपाल पत्रकार महासंघ जापानको पाचौं अधिवेशन उदघाटन समारोह २०२२ नोभेम्बर ६ तारिख टोकियो जापानमा हुने छ भन्दैं आफ्नो फेसबुक पेजमा सुचना हाले। लगतै कतिले शुभकामना दिए भने कतिले तोकिएको समयमा अधिवेशन हुनेमा अविश्वास जनाए। पहरीले भनेका छन् ,केहि मान्छेहरु यो तोकेको डेटलाई नि सार्ने प्रपंच गर्दै छन रे त्यो हुन दिदैनौं। लगतै त्यस्को प्रतिवाद गर्दै नेपाल पत्रकार महासंघ जापान साखाका कार्य समिति सदस्य समेत रहेका दिपक गौतमले अधिवेशन कसैले सार्न नखोजेको बताउँदै सचिव भएर यस्तो प्रचारबाजी नगर्न भनेका छन्।

नेपाल पत्रकार महासंघ , जापान साखाको अधिवेशन २ – २ वर्षमा गर्न पर्नेमा ४ वर्ष हुदाँ पनि गरिएको छैन। यस अघि नै केन्द्रको सर्कुलर भन्दैं नेपाल पत्रकार महासंघ जापान साखाले जापान साखाको कार्यकाल ३ वर्ष भएको जनाएको थियो। तर कार्यकालको विषयमा साधारण सभाले पास गर्न पर्ने बताउँदै धेरै पत्रकारले विरोध जनाउँदै आएका थिए।

यस अघिनै नेपाल पत्रकार महासंघ जापान साखाको कार्य समितले आबेदन माग गरेको नयाँ सदस्यता र नबिकरणको टुङ्गो समेत समितिले लगाएको छैन। जस्का कारण जापान साखाको पाचौं अधिवेशन अनिश्चित बन्दैं गएको हो। १ लाख भन्दा अधिक नेपालीहरु रहेको जापानमा ५० जनाको हाराहारीमा नेपाली पत्रकारहरु रहेको बताईन्छ । अरुको विकृति विसंगतिका बारेमा औंला उठाउँदै आउने पत्रकारको साझा संस्थाकै समयमा नै अधिवेशन नहुदाँ अनेन्त्र तोसाईएका औंला आफ्नै तिर तेर्सने तिर सचेत हुन जरुरी छ।

Share
0Shares
Advertisment