स्याङ्जा समाज जापान, नागोयाले नागोयामा नोभेम्बर २७ तारिकका दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
जापान सरकारको रक्तदान सम्बन्धी निती नियमको पालना गर्दै जापानको ( नागोया सि नाका कु साकाय ३ – १५ – ३३ साकाय गासु बिरु को ९ तल्लामा ) रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा २९ जनाले रक्तदान गरेको महासचिव एवं कार्यक्रम संयोजक मनोज ढुंगानाले जानकारी दिएका छन् ।

जापानमा कोभिड – १९ कोरोनाले गर्दा रक्तदान कार्यक्रमहरु कम भएका र रगतको संकलनको मात्रामा कमि देखिएकोले रगतको व्यवस्थापनमा सहयोग गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष निशान रानाले बताए ।
कोरोनाको महामारी केही हद सम्म कम भएकोले समाजले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरिदिनुहुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा समाजका उपाध्यक्ष मित्र सिग्देलले धन्यवाद ज्ञापन गरेका छन्।
समाजले बिगतका दिनहरुमा पनि बिभिन्न सामाजीक गतिबिधीहरु गर्दै आईरहेको छ ।
Share



