बागलुङ समाज जापानको अध्यक्षमा यमकान्त कंडेल निर्वाचित

Share
1Shares

जापान । बाग्लुङ समाज जापानको चौथो अधिवेशनले यमकान्त कंडेलको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।

आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि निर्वाचित उपाध्यक्षमा गुरुप्रसाद सापकोटा, राजु केसी, शोभा केसी गीता, बिष्णुप्रसाद सापकोटा र प्रकाश केसी, महासचिवमा सचिन आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक दिपक सुबेदी सुबेदीले जानकारी गराए ।
संयोजक सुवेदीका अनुसार निर्वाचित हुने अन्यहरूमा सचिबमा भूपेन्द्र सापकोटा र वसन्त आचार्य, कोषाध्यक्षमा केशब सुवेदी सह-कोषाध्यक्षमा बिना खड्का र युवा तथा खेलकूद संयोजकमा वसन्त थापा निर्वाचित भएका छन ।

जापानमा रहेका बागलुङे सहित नेपाली समुदायलाई परेको असहजतामा आवश्यक सहयोग र सहजीकरण गर्ने र समग्र समग्र बागलुङको विकासमा गर्ने उदेश्यका साथ स्थापना गरिएको समाजको सम्पन्न अधिवेशनबाट कार्यसमितिको सदस्यहरूमा खगराज आचार्य, महेन्द्र ढकाल, विनम्र खत्री, अनिलकुमार निर्दोष, टीएन घिमिरे, दिपक कंडेल सफल, प्रकाश आचार्य, पवन केसी र कृष्णप्रसाद कंडेल निर्वाचित भएका हुन ।

Share
1Shares
Advertisment