चितवन समाज जापानको तेश्रो अधिवेशन मे १७ तारिक बुधवार टोकियोमा हुने भएको छ।
मंगलवार समाजका अध्यक्ष राजन कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्य समिति बैठकले उक्त निर्णय गरेको समाजका उपाध्यक्ष ईश्वरी कँडेलले बताए।
समाजको अहिले सम्मको कामलाई समेटेर कार्य प्रतिबेदन महासचिव हरि पौडेल र आर्थिक प्रतिबेदन कोषाध्यक्ष टंक गैरेजलाई तयार गरि अब बस्ने कार्यसमिति बैठकमा पेश गर्ने छन्।

२००८ मा स्थापाना भएको चितवन समाज जापानको अधिवेशनको बिषेश समारोहमा चितवन समाजका संस्थापकहरु , वर्तमान सल्लाहकारहरु एवं समाजलाई बिभिन्न समयमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई बिषेश सम्मान गरिने समाजका अध्यक्ष राजन कुमार श्रेष्ठले बताए । अधिवेशनमा उपस्थितिको लागि जापानमा रहेका सम्पूर्ण चितवनबासीहरुलाई अनुरोध गरिएको छ।
Share



