नागोया / जापान
जापानको नागोया शहरमा समृद्धि चितवन निर्माणमा हाम्रो भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रम सनिवार जापानको औद्योगिक नगरी नागोयामा सम्पन्न भएको हो। जापानका बिभिन्न पेशा, व्यवशाय एवं अध्ययन र रोजगारीका लागि आई बसेका चितवनवासीले आफ्नो गाँउ – ठाँउमा आफुले गर्न सकिने कामको चर्चा गरेका थिए।

कार्यक्रममा चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष टंक गैरे , नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेल, व्यवशायी डिलाराम खरेल, आत्माराम गैरे , चितवन समाजका पूर्व सचिव सन्देश पोखरेल, चितवन समाज जापानका पूर्व अध्यक्ष डा सरोज कँडेल, चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर खत्री लगाएतले आफ्नो धारणा राखेका थिए। कार्यक्रमको अध्यक्षता चितवन समाज जापानका अध्यक्ष ईश्वरी कँडेलले र कार्यक्रम सञ्चालन महासचिव कविकिरण न्यौपानेले गरेका थिए।
कार्यक्रममा समृद्धि चितवन निर्माणमा पत्रकारिता माध्यमबाट योगदान गरेकोमा नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेल र चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर खत्रीलाई चितवनको बिकासमा कृयाशिल रहेको भन्दै सम्मान पत्र प्रदान गरिएको थियो।
Share



