टोकियो – हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।
जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय) बिहान ११ः०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्गमा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ । विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू ढिला भएका छन् ।
थाई एयरवेज र ताइवानको इभा एयरवेजद्वारा सञ्चालित विमानमा क्रमशः २६० र २०० जना यात्रु तथा चालक दलका सदस्यहरु सवार रहेका थिए। तर उक्त दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन ।इभा एयरवेज प्रस्थानको प्रतिक्षामा रहेको समयमा थाइ एयर ठोक्किएको थियो। घटनामा थाइ एयरको एक पट्टीको पखेटाको केहि काटिएको छ। थाई एयरवेजको विमानले इभा एयरवेजको विमानलाई पार गर्दै गर्दा दुवै विमानले छोएको हुनसक्ने जापानी मन्त्रालयले जनाएको छ । ३,००० मिटर लामो रनवे दुर्घटना पछि बन्द गरिएको थियो। अहिले भने सबै सामान्यरुपमा उडान सुचारु भएको बताइएको छ।





