टोकियो । जापानका नेपाली माझ यस बर्षकै बहुप्रतिक्षित सांगितिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको लाईभ कन्सर्ट आयोजनाको तयारी आयोजकले तिब्र पारेको छ ।डिसिइप्रोजेक्ट मार्फत अनलाइनमा मात्र टिकट विक्रि गरिरहेको आयोजक भिजोनिया कम्पनीले अनलाईन प्रयोग गर्न असमर्थ धेरै व्यक्तिबाट टिकट नै खरिद गर्न मिल्ने व्यवस्थाको माग भएपछि टोकियोमा दुई स्थानमा टिकट विक्रि थालनी गरेको जनाएको छ ।हाल टोकियोको लोकल सिबुया र काठमाडौं लाउञ्ज बार नेवा डाइनिगं ओकुबोमा टिकट उपलब्ध गराइएको कन्सर्ट आयोजक कम्पनी भिजोनियाका प्रमुख सुभास लामिछानेले बताए ।
दुवै स्थानमा सिमित संख्यामा मात्र टिकट उपलब्ध गराइएको बताउँदै लामिछानेले आफ्नो अनुकुल समय मिलाएर काठमाडौं लाउञ्ज वा लोकल सिबुया रेष्टुरेण्टमा अथवा अनलाइन मार्फत खरिद गर्न आग्रह गरेका छन्।लोकल सिबुया रेष्टुरेण्ट, सिबुया रेल स्टेशनबाट करिव ३ मिनेटको दुरीमा रहेको छ भने ०३५४२२३४८२ मा रेमश श्रेष्ठलाई सम्पर्क गरि टिकट लिन सकिने बताइएको छ ।यसैगरि नेपालीहरुको बाक्लो उपस्थिति रहने ओकुबो रेल स्टेशनबाट मात्र १ मिनेको दुरीमा रहेको काठमाडौं लाउञ्ज एण्ड बार नेवारी रेष्टुरेण्टमा ०८० ५९६४ ७४६८ मा राजेश श्रेष्ठलाई सम्पर्क गरि टिकट खरिद गर्न सकिने बताईएको छ।

गायक अमृत गुरुङ सहितको नेपथ्य व्याण्ड “ुमानवताको लागि संगीत” भन्ने नारा सहित टोकियोमा अगष्ट ८ तारिख मंगलबार विशेष लाईभ सांगितिक प्रस्तुती सहित उपस्थित हुँदैछ ।नेपथ्य व्याण्डको तर्फबाट गायक अमृत गुरुङ सहित सुरज थापा , सुबिन शाक्य , धुर्व लामा ,निरज गुरुङ र शान्ति रायमाझीको साथमा मञ्चमा प्रस्तुत हुनेछन् ।
उक्त अवसरमा अमृत गुरुङको साथमा नेपथ्य व्याण्डले जोमसोमे बजारमा हावा चल्यो सरर, तालको पानी माछिले खानी, मै नाचे छमछमी, जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना, चरि मर्यो सिसैको गोलिले, छेक्यो छेक्यो देउराली डाँडा देखि यो जीन्दगानी, शिरानमा फोटो छ, उडायो रेलैले लगायत आफ्दा दुई दर्जन नयाँ पुराना सदाबहार लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।जसमा रेशम, भेडाको उन जस्तो, सा कर्णाली, रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो लगाएतको प्रस्तुति प्रस्तुत गरिने बताइएको छ।
Share



