अभिमतपत्र डटकमको प्रबन्ध सम्पादकमा घिमिरे चयन

Share
347Shares

टोकियो / जापान

नेपारू मिडिया प्रालि द्वारा सञ्चालित अभिमतपत्र डटकमको प्रबन्ध सम्पादकमा साहित्यकार एवं सामाजिक गतिबिधीमा कृयाशिल चितवनका बिष्णु प्रसाद घिमिरे चयन भएका छन्। जापानमा कर्म भूमि बनाएका घिमिरे नेपालको लागि मात्र नभई नेपाली र जापनिज माझ जापानमा पनि सामाजिक गतिबिधीका कारण चर्चित व्यक्ति हुन्। २०३४ मंसिर १९ गते शितलपानि,चितवनमा जन्मेका घिमिरे बिगत डेढ दशक देखि जापानमा व्यवशाय गर्दै आएका छन्। हालको स्थायी ठेगाना भने उनको भरतपुर महानगरपालिका वार्ड नम्वर -७ हो।

बिभिन्न संघ संस्थामा रहि सामाजिक कार्यमा कृयाशिल घिमिरे यतिबेला पनि सल्लाहकार : चितवन समाज जापान , आजिवन सदस्य : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,बोर्ड अफ ट्रस्टी : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,संरक्षक : अनेसास जापान ,संरक्षक : एनआरएनए नागोया समिति ,उपसभापति : बोर्ड अफ ट्रस्टी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (२०२२-२६ ) आबद्धता रहेको छ।

उनले व्यक्तिगत तथा सामुहिक बिभिन्न पुस्तक एवं कृति समेत प्रकाशन गरेका छन्। उनि साकुरा फुल्दा-४ (२०१७ मार्च, अनेसास जापान ) प्रमुख सम्पादक थिए। घिमिरेको पहिलो प्रकाशित कृति : “एक्लो विजेता “(कविता ) संग्रह रहेको छ। उनले सांगीतिक कृति ( शव्द तथा म्यूजिक भिडियो निर्माण) गरेका छन् भने “लेखेका सबै कुरा “२०१६ र “मारूनी गीत “२०१९ समेत लेखेका थिए। लेखन क्षेत्रमा उत्तिकै क्रियाशिल घिमिरे व्यवसायिक पत्रकारितामा भने अभिमतपत्र डटकम बाट आफ्नो यात्रा शुरु गरेका हुन। नेपारु मिडिया प्रालिको बोर्डले घिमिरे लाई प्रबन्ध सम्पादकको जिम्बेवारी दिएको हो।

Share
347Shares
Advertisment