जापानमा सिकेको सिप प्रयोग गर्दैं पौडेलले चितवनमा संञ्चालनमा ल्याए जापनिज रेष्टुरेन्ट

Share
1Shares

जापानमा चर्चित रहेको याप्पारी स्टेक रेष्टुरेन्टको शाखा चितवनमा खुलेको छ । भरतपुर–१० स्थित स्याउलीबजारमा रेस्टुरेन्ट सञ्चालनमा आएको हो । ढुङ्गामा मासु पकाएर खान मिल्ने यस रेस्टुरेन्ट भरतपुरका कृष्ण पौडेलले सञ्चालनमा ल्याएका हुन् । लामो समय जापान बसाई पछि पौडेलले आफ्नैं गाउँ – ठाँउमा जापनिज खानाको स्वाद पस्केका छन्।

जापानमा सन् २०१५ मा सुरू भएको यस रेस्टुरेन्टको १२० वटा शाखा सोही देशमा रहेको छ । जापान बाहिर पहिलोपटक नेपालको भरतपुरमा फ्रेन्चाइज लिई रेस्टुरेन्ट सञ्चालनमा ल्याएको याप्पारी स्टेक हाउसका प्रमुख सञ्चालक योसिमोतो दाइजोले बताए ।

‘यहा ढुङ्गामा मासु पकाएर खान सकिन्छ, जुन नेपालको लागि पहिलो हो। आधाआधी मासु पाकेपछि ग्राहकलाई ढुङ्गासहित पस्किने र ग्राहकले आफ्नो चाहनाअनुसार आफैँ पकाई खान पाउने छन्’, सञ्चालक कृष्ण पौडेलले भने । ‘ढुङ्गा करिब १ घन्टा तातो रहन्छ, जहाँ ग्राहकले आनन्दले पकाएर खान सक्छन्’ । जापानमा सन् २०१५ देखि नै आफू याप्पारी रेस्टुरेन्टमा आबद्ध भएको र मुख्य सञ्चालकको विश्वास जितेर नेपालमा आफूले यो सेवा दिन पाउँदा खुसी रहेको सञ्चालक पौडेल बताउँछन् ।

याप्पारीमा चिकेन, मटन र पोर्कको मासु पाइन्छ ।
‘यही रेस्टुरेन्टमा मैले जापानमा सय जना नेपालीलाई रोजगार दिएको छु’, प्रमुख सञ्चालक दाइजोले भने, ‘जापानमा सिकेको सीपले उनीहरुले नेपाल फर्केपछि केही गरुन् भन्ने मेरो चाहना छ ।’ नेपालमा सिकेर आउनेहरुले पनि जापानमा सजिलै रेस्टुरेन्टमा काम गर्न सक्ने उनले भनाई छ।

Share
1Shares
Advertisment